
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले घटेको छ।
आज छापावाल सुनको मूल्य तोलामा २ लाख ३७ हजार २ सय निर्धारण गरिएको छ । यसअघि सुनको मूल्य तोलामा २ लाख ३८ हजार ३ सय थियो।
चाँदीको मूल्य पनि आज घटेको छ। हिजो तोलामा ३ हजार १५ मा कारोबार भएको चाँदी आज तोलामा २ हजार ९ सय ९० मा झरेको छ ।

























