
काठमाडौं । फागुनको पहिलो साता १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बुधबारको बोर्ड बैठकले आउँदो फागुन १ गतेदेखि ७ गतेसम्म १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
२०७९ सालमा पोखरामा भएको ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितापछि १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता विभिन्न कारण देखाउँदै भएको थिएन ।
कर्णाली प्रदेशमा आयोजना गर्ने तय भएको प्रतियोगिता सञ्चालन गर्न प्रदेश सरकारले सबै तयारी पूरा भएको दाबी गरे पनि संघीय सरकारले पटक पटक खेलकुद प्रतियोगिताको मिति सार्दै आएको थियो ।
संघीय सरकारले नै १० औँ राष्ट्रिय खेलकुद नचाहेको भन्दै कर्णाली प्रदेश सरकारले पत्रकार सम्मेलन नै गरेर आक्रोश पोखेको थियो ।

























