बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक २०, बिहीबार १०:४७
बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल

काठमाडौं । देशभरका बालबालिकाहरूलाई बिहीबार र शुक्रबार (आज र भोलि) भिटामिन ‘ए’ क्याप्सुल र जुकाको दबाइ खुवाइँदै छ ।

सरकारले आज र भोलि ६ महिनादेखि ११ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल मात्रै र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ।

Advertisement

हरेक वर्ष कात्तिक २ र ३ तथा वैशाख ६ र ७ गते यो कार्यक्रम  हुँदै आएको भए पनि यस वर्ष कात्तिक २ र ३ गते तिहार परेको हुँदा कार्यक्रम सारिएको बताइएको छ ।

देशका ७५३ स्थानीय तहमै ५ वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन  ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।

यस अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिँदै छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×