वाम एकताबाट बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ दर्ताका लागि आयोगमा

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २०, बिहीबार १२:०४

काठमाडौँ। विभिन्न वामपन्थी दल र समूहहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । हिजो मात्रै एकता घोषणा गरेको यस नयाँ पार्टीले आज (बिहीबार) आयोगमा औपचारिक रूपमा दर्ता निवेदन पेश गरेको हो ।

साविक नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका १० वटा वाम दल र समूहहरूको एकताबाट यो नयाँ पार्टी गठन गरिएको हो। नवगठित पार्टीले आफ्नो चुनाव चिह्न पाँचकुने तारा रहने निर्णय गरेको छ ।

पार्टीले दलहरूबीचको एकताको प्रतिबद्धतापत्र र घोषणापत्र समेत संलग्न गर्दै दर्ता निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुन चाहने दलहरूले यही कार्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.