विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २०, बिहीबार १९:३३
विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

झापा । झापामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताअन्तर्गत बिहीबार दुधे रंगशालामा भएको अन्तिम क्वार्टर फाइनल खेलमा त्रिभुवन आर्मीले आरएस पोखरा एफसीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको सुरुवाती चरणदेखि नै बल पोजेसनमा प्रभुत्व जमाएको आर्मीले लगातार आक्रमण गरिरह्यो । १० औँ मिनेटमा फरवार्ड विमला चौधरीले पोखराकी गोलकिपर गायत्री मल्ल बिट भएको अवस्थामा फिनिस गर्न नसके पनि १६ औँ मिनेटमा डिफेन्डर विमला विकको फ्रिकिकमा जेनिफर राना मगरले हेडिङ गोल गर्दै अग्रता दिलाइन् । उक्त फ्रिकिक उषा शाहीले दीपा राईमाथि गरेको फाउलपछि प्राप्त भएको थियो ।

३३ औँ मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो । पोखराकी गोलकिपरको गल्तीको फाइदा उठाउँदै विमला चौधरीले हेडरमार्फत गोल गरिन् ।

हिमा चौधरीले त्यसमा असिस्ट गरेकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा राष्ट्रिय खेलाडी विमला विकले कर्नर किकबाट आएको बलमा सानदार फिनिसिङ गर्दै आर्मीको अग्रता ३–० मा पुर्‍याइन् ।

दोस्रो हाफमा पनि खेलको गति आर्मीले नै नियन्त्रणमा राख्यो । ८५ औँ मिनेटमा विमला चौधरीले सञ्जु कुमालको असिस्टमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४–० को अवस्थामा पुर्‍याइन् । त्यसपछि ९० औँ मिनेटमा शर्मिला थापाले विमला विकको क्रसमा गोल गर्दै टोलीको अग्रता ५–० बनाइन् ।

इन्जुरी समयमा पुनः विमला चौधरीले अनिता लम्जेलको कर्नरमा हेडर गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् र टोलीलाई ६–० को सहज जित दिलाइन् ।

खेलमा आर्मीको बल पोजेसन, पासिङ र फिनिसिङ उत्कृष्ट देखियो भने पोखराको डिफेन्स र गोलकिपिङ कमजोर रह्यो । आर्मीका लागि विमला चौधरीले ह्याट्रिक, विमला विक, जेनिफर राना र शर्मिला थापाले समान १–१ गोल गरे ।

खेलको प्लेयर अफ द म्याच विमला चौधरी घोषित भइन् । उनले १५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरिन् ।
योसँगै गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र संकटा फुटबल क्लब तथा दोस्रो सेमिफाइनलमा एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल शुक्रबार विभागीय टोली नेपाल पुलिस क्लब र संकटा फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.