बिहारमा निर्वाचन : पूर्वी नाका बन्द

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २१, शुक्रबार ०८:२८

विराटनगर । भारतको सीमावर्ती राज्य बिहारमा भइरहेको विधानसभा निर्वाचनलाई ध्यानमा राख्दै झापाको भद्रपुर नाका ७२ घण्टाका लागि बन्द गरिने भएको छ । यस बन्दले दुवै देशका नागरिकको आवागमन पूर्ण रूपमा निषेध हुनेछ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका अनुसार, बिहारमा कात्तिक २५ गते हुने दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी यो निर्णय गरिएको हो ।

नाका शनिबार साँझ ५ बजेदेखि कात्तिक २५ गतेसम्म पूर्ण रूपमा बन्द रहनेछ। सीमा नाका बन्द गर्नेबारे भारतीय पक्षले मौखिक रूपमा आग्रह गरिसकेको छ ।

भारतमा निर्वाचन हुँदा नेपालबाट र नेपालमा निर्वाचन हुँदा भारतबाट सहयोग गर्ने विगतको अभ्यास अनुसार नै नाकालाई पूर्ण रूपमा बन्द गर्न लागिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.