ताप्लेजुङमा मंसिर दोस्रो साता महिला गोल्डकप

Share this
794shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २१, शुक्रबार १९:५६
ताप्लेजुङमा मंसिर दोस्रो महिला गोल्डकप हुने 

विराटनगर । ताप्लेजुङमा ‘कञ्चनजंघा सेसेलुङ महिला गोल्डकप फुटबल’ प्रतियोगिता मंसिर दोस्रोदेखि हुने भएको छ ।

फुङ्लिङमा शुक्रबार चासोक तङ्नाम सञ्चालन समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै मंसिर दोस्रो सातादेखि महिला गोल्डकप हुन लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष चन्द्रकुमार थेबेले मंसिर १३ देखि २० गतेसम्म महिला गोल्डकप फुटबल आयोजना गर्न लागेको जानकारी दिए ।

उनका अनुसार लिम्बू समुदायको मौलिक चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा प्रतियोगिता गर्न लागिएको हो ।

यसअघि पुरुष फुटबल प्रतियोगिता हुँदै आएकोमा यस वर्ष ताप्लेजुङको अन्तरपालिका स्तरीय महिला फुटबल आयोजना गर्न लागिएको हो । प्रतियोगितामा सहभागी टोलीले ४ जनासम्म राष्ट्रिय खेलाडीलाई समावेश गर्न सक्ने छन् ।

प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले १ लाख २ हजार ८२ रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् ।

खलेको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँका साथै व्यक्तिगत विधातर्फका खेलाडीले जनही ८ हजार रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.