विश्व रेडियोलोजी दिवसः विराटनगरमा ११ जना सम्मानित

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक २२, शनिबार १०:२८

विराटनगर । विश्व रेडियोलोजी दिवसको अवसरमा आज (शनिबार) बिहान विराटनगरमा नेपाल रेडियोलोजिकल सोसाइटी कोशी प्रदेशको आयोजनामा प्रभातफेरी तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नोभेम्बर ८ लाई एक्स–रे प्रविधिको प्रतिपादन वा सुरुवात भएको दिन मानेर विश्वभर रेडियोग्राफी पेशा अङ्गालेकाहरूले यो दिवस मनाउने गर्छन् । सन् २०१२ देखि नोभेम्बर १० लाई अन्तर्राष्ट्रिय रूपमा विश्व रेडियोलोजी दिवस मनाउन थालिएको छ ।

यसै अवसरमा निकालिएको प्रभातफेरीले नगरका विभिन्न भाग परिक्रमा गर्दै शनिहाट चोकस्थित एलिट भवनमा पुगेर सम्मान कार्यक्रममा परिणत भएको थियो ।

Advertisement

नेपाल रेडियोलोजिकल सोसाइटी कोशी प्रदेशका अध्यक्ष गणेश बजागाईंले कोशी प्रदेशभरका सबै रेडियोग्राफरहरूलाई एकै ठाउँ भेला गरी पहिलो पटक दिवस मनाइएको जानकारी दिए । उनले यो सम्भवतः नेपालमा नै यसरी सामूहिक रूपमा दिवस मनाइएको पहिलो प्रयास रहेको बताए ।

लामो समयदेखि कोशी प्रदेशमा रेडियोग्राफी क्षेत्रमा महत्वपूर्ण सेवा पुऱ्याउँदै आएका ११ जना अग्रज हरूलाई सोही अवसरमा सम्मान गरिएको अध्यक्ष बजागाईंले बताए ।

सम्मानित हुनेहरूमा कोशी अस्पतालबाट विष्णुप्रसाद शर्मा, विनोद काफ्ले, मोहनकुमार थापा र शर्भा मण्डल (खत्वे) रहेका छन् । यसैगरी, नोबेल अस्पतालका सन्तोषकुमार माझी, परमेश्वर सरदार र सन्तोष माझी, न्युरो अस्पतालका मदन कामत, सुरेश राजवंशी र पुष्प राजवंशी तथा विराट अस्पतालका विनय झा लाई सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तिहरूलाई कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरे लगायतले सम्मानपत्र प्रदान गरेका थिए ।

तपाइको प्रतिक्रिया
एमाले सचिवालय बैठक सकियो, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय
एमाले सचिवालय बैठक सकियो, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय
भरत दाहाल पक्राउ प्रकरण : कोशीका पूर्वमन्त्रीको अश्लील स्टाटस
एसियाली खेलकुद: कराँतेमा नेपालका तीन खेलाडी पदकबाट वञ्चित
एसियाली खेलकुद: कराँतेमा नेपालका तीन खेलाडी पदकबाट वञ्चित
६ हजारभन्दा बढी वडामा कांग्रेसको अधिवेशन, मोरङ–६ सहित केहीमा बाँकी
हावाहुरीले भाँचेको रुखको हाँगाले लागेर सुनसरीमा महिलाको मृत्यु
महासभामा भोटेकोशी विपदको विषय उठाउन रास्वपाको निर्देशन
रास्वपा सचिवालय बैठकका सात निर्णय : अनुशासन आयोगमा १० जना थपिए, तीन विभागमा नयाँ जिम्मेवारी
परराष्ट्रमन्त्री न्युयोर्कतर्फ
काजकिस्तानमाथि नेपालको शानदार जित 
काजकिस्तानमाथि नेपालको शानदार जित 
मोरङमा पक्राउ परेका राजनीतिक विश्लेषक भरत दाहाललाई काठमाडौं पठाइयो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×