पूर्वका पर्यटकीयस्थलमा घुइँचो

Share this
608shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २२, शनिबार १४:१२

विराटनगर । मौसम राम्रोसँग खुलेपछि पूर्वी नेपालका पर्यटकीय तथा धार्मिक स्थलहरूमा आन्तरिक पर्यटकहरूको उल्लेख्य चहलपहल बढेको छ ।

पहाडी क्षेत्रका मनमोहक डाँडाहरू, धार्मिक आस्थाका केन्द्रहरू र तराईका रमणीय गन्तव्यहरू यतिबेला घुमफिर गर्ने र प्राकृतिक सुन्दरतामा रमाउनेहरूको रोजाइमा परेका छन् ।

पूर्वी नेपालको सबैभन्दा ठूलो धार्मिक आकर्षणको केन्द्र ताप्लेजुङको पाथीभरा देवी मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लागेको छ । यो शक्तिपीठमा सफा मौसमको फाइदा उठाउँदै देशका विभिन्न भागबाट भक्तजनहरू आइरहेको पाथीभरा क्षेत्र संरक्षण समितिका राजेन्द्र महतले बताए । मन्दिरसम्मको यात्रामा कञ्चनजङ्घा हिमशृङ्खलाको मनमोहक दृश्यावलोकन गर्न पाउनुले यात्रालाई थप रोमाञ्चक बनाएको छ ।

यसैगरी अर्को आकर्षक पर्यटकीयस्थल इलाममा पनि आन्तरिक पर्यटकको चाप बढेको छ । सूर्योदयको स्वर्णिम दृश्यावलोकनका लागि प्रख्यात अन्तु डाँडामा बिहानैदेखि पर्यटकहरूको लर्को लाग्ने गरेको छ । स्थानीय पर्यटन व्यवसायी एकराज घिमिरेका अनुसार दिनहुँ सूर्योदय अवलोकन गर्न आउनेहरु बढिरहेका छन् ।

खासगरी शनिबार र अरु सार्वजनिक बिदाका दिनमा बढी संख्यामा पर्यटक आउने गरेको उनको भनाइ छ । फराकिलो चिया बगानको हरियालीमा सेल्फी लिने र पारिवारिक पिकनिक मनाउनेहरूको भिडले कन्याम पनि गुलजार छ । स्थानीय चिया, अकबरे खुर्सानी जस्ता स्थानीय वस्तुको व्यापारमा समेत उत्साह छाएको कन्यामका टेकराज गिरी बताउँछन् ।

यसैगरी, गर्मीबाट राहत र तराईको दृश्यपानका लागि भेडेटार सधैं पहिलो रोजाइमा पर्छ । धनकुटा र सुनसरीको सिमानामा अवस्थित यो हिल स्टेशनबाट देखिएको सप्तकोशी नदी र तराईका फाँटहरूको मनोरम दृश्यले पर्यटकलाई लोभ्याएको छ ।

सुननसरीको धरान उपमहानगरपालिकामा पार्ने धार्मिक र सांस्कृतिक संरचनाहरु पनि पर्यटनको केन्द्र बनेको छ । बुढासुब्बा, दन्तकाली, विजयपुरस् यी धार्मिक स्थलहरूमा पूजाअर्चना गर्न आउनेहरूको संख्या बढेको छ ।

यस्तै, कोशी र कोकाहा नदीको सङ्गमस्थलमा अवस्थित पौराणिक धार्मिक तीर्थस्थल बराहक्षेत्रमा सफा मौसमले गर्दा तीर्थयात्रीको संख्या बढेको छ । हिन्दु धर्मावलम्बीहरूका लागि यो क्षेत्रको विशेष महत्व छ ।

सुनसरीकै कोशी टप्पु वन्यजन्तु आरक्ष मा दुर्लभ अर्ना र चराहरूको अवलोकनका लागि प्रकृतिप्रेमीहरूको आगमन सुरु भएको छ ।

झापाका धार्मिक स्थलहरू किच्चकबध र अर्जुनधारा धाममा पनि धार्मिक पर्यटकहरूको उपस्थिति बाक्लो देखिएको छ । खासगरी धार्मिक पर्यटकहरु आउने क्रम बढिरहेको अर्जुनधाराका कुमार भट्टराई बताउँछन् ।

पूर्वी नेपालका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको यसरी घुमफिर बढ्नुले पर्यटन व्यवसायमा नयाँ ऊर्जा सञ्चार गरेको छ । होटल व्यवसायीहरूले ‘अकुपेन्सी’ बढेको बताएका छन् भने स्थानीय होमस्टेहरू पनि भरिभराउ छन् ।

प्रकृति, संस्कृति र आस्थाको यो यात्राले कोशी प्रदेशको समग्र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुगेको इलामका पर्यटनकर्मी सुरेश अधिकारी बताउँछन् ।

तस्बिरहरुः टेकराज गिरी

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.