काभा महिला भलिबलः उपाधिका लागि नेपाल र कीगिस्तान भिड्दै

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २३, आइतबार ०९:२४

काठमाडौं । नेपाली राष्ट्रिय यू–१९ महिला भलिबल टोली काभा यू–१९ महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । फाइनल खेलमा नेपालले आज (आइतबार) कीर्गिस्तानसँग खेल्दैछ ।

श्रीलंकाको कोलोम्बोमा जारी प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

नेपालले माल्दिभ्समाथि ३–० को एकपक्षीय सेटमा जित दर्ता गर्‍यो। नेपालले पहिलो सेट २५–११, दोस्रो सेट २५–३ र तेस्रो सेट २५–५ ले आफ्नो पक्षमा पारेको थियो ।

नेपालले अब उपाधिका लागि कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । कीर्गिस्तानले पहिलो सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।

नेपाल यसअघि लिग चरणमा कीर्गिस्तानसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको थियो । नेपालका लागि लिग चरणको हारको बदला लिने र उपाधि जित्ने यो ठूलो अवसर हो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.