
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीस्वरूप प्रारम्भिक कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन प्रचारप्रसारका लागि दल तथा उम्मेदवारलाई १५ दिनको समय दिने तयारी आयोगको छ ।
कात्तिक ३० गते: मतदाता नामावली संकलन र अद्यावधिक गर्ने अन्तिम समय तथा दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने ।
मंसिर १ देखि १० गतेसम्म: निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले आयोगमा दल दर्ता गर्नुपर्नेछ। दर्ता भएका दलहरूले नै प्रतिनिधि सभा सदस्यको चुनावमा उम्मेदवार खडा गर्न सक्नेछन्।
मंसिर १० गते: निर्वाचन कार्यक्रम स्वीकृति तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने तयारी।
मतदाता नामावली र मतदान केन्द्र: मंसिर १ देखि पुस १५ गतेसम्म: मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिने।
पुस १५ गते: मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरी राजपत्रमा प्रकाशन गरिने।
समानुपातिक निर्वाचन:
मंसिर १५ गते: समानुपातिक निर्वाचनतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने।
पुस १८ र १९ गते: समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूची पेश गरिने। (यसमा आयोगले पछि हेरफेर गर्न सक्नेछ।)
प्रत्यक्ष निर्वाचन तयारी: २०८२ माघ २ गते: निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने।
माघ २ देखि फागुन ३० गतेसम्म: संयुक्त निर्वाचन सञ्चालन केन्द्र तथा प्रहरी सञ्चार एकाइ स्थापना र सञ्चालन गर्ने प्रारम्भिक कार्यतालिका रहेको छ।
प्रचारप्रसार र मतदान: फागुन ४ देखि १८ गतेसम्म: निर्वाचन प्रचारप्रसारको अवधि (कुल १५ दिन)।
फागुन १२ गतेभित्र: मतपत्र ढुवानी गरी जिल्ला जिल्लामा पुर्याउने।
फागुन १८ गते राति १२ बजेदेखि: प्रचारप्रसार निषेध अवधि (मौन अवधि) सुरु हुनेछ।
फागुन २१ गते: बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।

























