अल्ट्रा रनर सुमनले हङकङमा ट्रान्सलानटाउ रेसमा प्रतिस्पर्धा गर्दै 

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २४, सोमबार १७:५८
अल्ट्रा रनर सुमनले हङकङमा ट्रान्सलानटाउ रेसमा प्रतिस्पर्धा गर्दै 

काठमाडौं । नेपाली अल्ट्रा रनर सुमन कुलुङले हङकङमा आयोजना हुने ट्रान्सलान्टाउ रेसमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

नोभेम्बर १४ देखि १६ तारिखसम्म हङकङमा हुने ट्रान्सलानटाउ रेसमा भाग लिन सुमन सोमबारै राति हङकङ प्रस्थान गर्दे छन् । उनले ८० किलोमिटर दूरीको रेसमा प्रतिस्पर्धा गर्ने छन् ।

केही समयअघि स्पेनमा भएको वर्ल्ड ट्रेल एन्ड माउन्टेन च्याम्पियनसिपमा भाग लिएका सुमनले एसियाली धावकहरू मध्ये राम्रो प्रदर्शन गरेका थिए ।

नेपाल एड्भेन्चर नरिङ फेडेरेसनका अध्यक्ष एकेन्द्र कुँवरले सुमन कुलुङले अन्तर्राष्ट्रिय ट्रेल रेसहरूमा उत्कृष्ट प्रदर्शन गरिरहेको र हङकङमा पनि राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

सुमनले पहिलो पटक वर्ल्ड ट्रेल नरिङ एन्ड माउन्टेन च्याम्पियन खेल्दा राम्रो अनुभव भएको र धेरै कुरा सिक्ने अवसर पाएको बताए । उनले हङकङमा हुने रेसमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

अल्ट्रा रनर सुमनलाई अस्ट्रियाको सिग्रिड फाउन्डेसनले स्पोनसरसिप गरेको छ । सुमन पर्यटक गाइडको रूपमा काम गर्दा सन् २०२२ मा फाउन्डेसनका पदाधिकारीसँग भेट भएको र त्यसपछि सम्पर्कमा पुगेका थिए ।

त्यसपछि राईको सम्पूर्ण मेडिकल चेकअप गर्दा विश्वका शीर्ष धावकभित्र पर्ने सम्भावना देखिएको भन्दै सहयोग गरेको फाउन्डेसनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.