गरिमा रोड रेस मंसिर ६ गते

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २६, बुधबार १९:३३
 गरिमा रोड रेस मंसिर ६ गते

काठमाडौं । गरिमा विकास बैंकले आफ्नो १९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा मंसिर ६ गते गरिमा रोड रेसको दोस्रो संस्करण आयोजना गर्ने भएको छ ।

प्रतियोगिता खुला पुरुष / महिला १० किलोमिटर, कर्पोरेट पुरुष / महिला ५ किलोमिटर र भेट्रान पुरुष / महिला ५ किलोमिटर दूरीमा दौड हुनेछ । भेट्रानमा पुरुष ५० वर्षमाथि र महिला ४५ वर्षमाथि उमेर समूहमा प्रतिस्पर्धा हुनेछ ।

भेट्रान विधा दोस्रो संस्करणदेखि थपिएको हो । करिब १ हजार प्रतियोगी सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ हुन लागेको दौडको खुलातर्फ विजेताले ५० हजार, दोस्रोले ३५ हजार, तेस्रोले २० हजार, चौथोले १५ हजार र पाँचौँले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । कर्पोरेट र भेट्रानमा शीर्ष ५ स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार, १४ हजार, १० हजार र ७ हजार नगद पुरस्कार हात पार्ने छन् ।

बालुवाटार, काठमाडौंस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु हुने दौड विभिन्न भागको परिक्रमा गरी बालुवाटारमै पुगेर टुङ्गिने छ ।

प्रतियोगितालाई थप व्यवस्थित बनाउन आयोजकले खल्ती एपसँग सहकार्य गरेको छ । इच्छुक धावकले कात्तिक २८ देखि मंसिर ४ गतेसम्म खल्ती एप मार्फत २० रुपैयाँ शुल्क तिरी रजिस्ट्रेसन गर्न सक्ने छन् ।

गत संस्करणमा ओलम्पियन सन्तोषी श्रेष्ठसहित ६ सय ५० सहभागी थिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.