
विराटनगर । विराटनगर महानगरपालिका–१० मा रहेको अर्किड स्कुलले आन्तरिक कबड्डी प्रतियोगिता आयोजना गरेको छ ।
अर्किडले विद्यार्थीको पढाइसँगै खेलकुदका गतिविधिलाई निरन्तरता दिइरहेको छ । विद्यार्थीलाई पढाइ मात्र होइन, उनीहरुलाई शारीरिक र मानसिक रूपमा स्वस्थ्य राख्नका लागि खेलकुद आवश्यक रहेकाले खेलकुदका विभिन्न कार्यक्रमका साथै अतिरिक्त क्रियाकलाप गराउने गरिएको स्कुलले जनाएको छ ।
यसैबीच, स्कुलले ‘इन्टर हाउस कबड्डी’ प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा कक्षा २–४ समूहको ग्रीन हाउस प्रथम र ब्लु हाउस द्वितीय, कक्षा ५–७ समूहको ग्रीन हाउस प्रथम र एल्लो हाउस द्वितीय र ८–१० समूहको ग्रीन हाउस प्रथम र रेड द्वितीय भए ।
त्यस्तै, प्रिप्राइमरीका विद्यार्थीहरुबीच म्युजिकल चियर, बल पास–पास जस्ता खेलहरु खेलाइएको थियो । कबड्डीका विजेता खेलाडीहरुलाई स्कुलका प्रिन्सिपल मनिष भट्टराई, भाइस प्रिन्सिपल पीके कामतलगायतले मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
कबड्डी खेलमा सहभागी विद्यार्थीहरुलाई कबड्डी खेलका राष्ट्रिय खेलाडी सहिल खानले नियमित प्रशिक्षण गराउँदै आएका छन् ।


























