
उदयपुर । उदयपुरमा वनभित्रको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरस्थित शिवालय सामुदायिक वन परिसरभित्रको पोखरीमा घटना भएको हो ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भइ सुन्दरपुरस्थित मामाघरमा बस्दै आएका ८ वर्षीय परम कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खेल्ने क्रममा लडेर पोखरीमा खसेका उनको डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

























