
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज केही स्थानमा माैसम बदली भएपनि देशभरको मौसम सफा रहनेछ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जसले गर्दा मौसम सफा रहने छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति देशभर मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ ।

























