
काठमाडौं । नेपाली क्रिकेटको ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आज देखि सुरु हुँदै छ ।
प्रतियोगिताको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडाैं गोर्खाज खेल्दैछन् ।
एनपीएलमा यी दुई टिमबीचको यो दोस्रो भेट हो । यसअघि जनकपुरले पहिलो संस्करणको लिग चरणको खेलमा काठमाडाैं माथि पाँच विकेटको जित निकालेको थियो ।

























