
विराटनगर । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ५ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन प्रतितोला २ लाख ४३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलाको २ लाख ४२ हजार ८ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदी तोलाको २० रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला ३ हजार १ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलाको ३ हजार १ सय ३५ रूपैयाँ थियो ।

























