कर तिर्ने अग्रणीहरू सार्वजनिक, व्यक्तिगत श्रेणीमा राजबहादुर शाह उत्कृष्ट

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १, सोमबार १२:२२

काठमाडौं । आर्थिक वर्ष २०८०–८१ का उत्कृष्ट करदाताहरूको सूची सार्वजनिक भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले विभिन्न श्रेणीका सबैभन्दा धेरै कर तिर्ने व्यक्ति, संस्था र निकायलाई सम्मान गरेको हो ।

व्यक्तिगत आयकरको श्रेणीमा व्यवसायी राजबहादुर शाह देशकै अग्रणी करदाताका रूपमा सम्मानित भए । अर्थमन्त्री रामेश्वर खनालले शाहसहित विभिन्न क्षेत्रका करदातालाई सम्मानपत्र प्रदान गरेका थिए ।

निकायतर्फ सबैभन्दा धेरै आयकर तिर्ने संस्थाको रुपमा नेपाल दूरसञ्चार प्राधिकरण सम्मानित भयो भने एकलौटी फर्म (सोल प्रोप्राइटर) श्रेणीमा थर्ड आइ इन्टरनेसनलले सम्मान पायो । वस्तुगत आयकरतर्फ डाबर नेपाल उत्कृष्ट घोषित भयो ।

सूचना–प्रविधि श्रेणीमा भेरिक्स नेपाल प्रालि सम्मानित भयो । निर्यात कारोबार श्रेणीमा पनि डाबर नेपाल प्रालि नै अगाडि रह्यो । कृषि तथा पशुजन्य उत्पादन श्रेणीमा पोषक ब्रिडर, बैंक तथा वित्तीय संस्थातर्फ नेपाल इन्भेष्टमेन्ट बैंक, स्वास्थ्य–शिक्षा क्षेत्रमा नोबेल मेडिकल कलेज र पर्यटन क्षेत्र श्रेणीमा सोल्टी होटल सम्मानित भए ।

त्यस्तै, वस्तु व्यापार श्रेणीमा भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदातातर्फ सीडीएस एण्ड क्लियरिङ लिमिटेड, ऊर्जा क्षेत्रमा भोटेकोशी पावर कम्पनी र रेमिट्यान्सतर्फ आईएमई सम्मानित भए । समयमै कर तिर्ने कम्पनीको आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले विशेष सम्मान प्राप्त गर्‍यो ।

५० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने कम्पनीमध्ये भीएफ सर्भिसेज उत्कृष्ट ठहर गरियो भने विशेष उद्योग श्रेणीमा युनिलिभर नेपाल सम्मानित भयो । राष्ट्रको आवश्यक स्रोत जुटाउने कर प्रणालीलाई मजबुत बनाउन योगदान पुर्‍याउने करदाताहरूलाई यस वर्ष पनि सरकारले विशेष रूपमा सम्मान गरेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.