
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाण्डु गोखार्जले विजयी सुरुवात गरेको छ ।
साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै काठमामाण्डु विजयी भएको हो । जनकपुरले दिएको १३१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउँदै काठमाण्डुले १८ ओभरमा ५ विकेट गुमाएर त्यसलाई पूरा गर्यो ।
काठमाण्डुका लागि वेन चाल्र्सवर्थले सर्वाधिक ४६ रन बनाउँदा आकाश त्रिपाठीले ३९, मिलिन्द कुमारले १९, जोन सिम्पसोनले १३ र भीम सार्कीले ३ रनको योगदान दिए । मोहम्मद आदिल आलम ८ रनमा अविजित रहेका थिए ।
बलिङमा जनकपुरका किशोर महत्तो, अनिलकुमार शाह, ललित राजवंशी, जान निकोल लोफ्टी इन्र्टन र सञ्जय कृष्णमूर्तिले एकएक विकेट लिए । त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।
जनकपुरका लागि ओपनर आसिफ शेखले अर्थशतक पूरा गरे । उनले ४१ बलमा ५४ रन बनाए । ओपनर लाहिरु मिलान्था ७, जान निकोल लोफ्टी इन्टोन २, सञ्जय कृष्णमूर्ति २ र लाहिरु सिमारकून २२ रन बनाएर आउट भएका थिए । मयन यादव ३४ र रुपेश सिंह ४ रनमा अविजित रहे ।
बलिङमा जनकपुरका मिलिन्द कुमारले सर्वाधिक ३ विकेट लिए भने ४ ओभर बलिङ गरेका मिलिन्दले १५ रन खर्चेर ३ विकेट लिए । करण केसी, शाहव आलम र सन्तोष यादवले १–१ विकेट लिएका थिए ।

























