
विराटनगर । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार ३ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन तोलाको २ लाख ४१ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बिहीबार २ लाख ४३ हजार रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी तोलाको ३ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य बिहीबार तोलाको ३ हजार १ सय ८५ रूपैयाँ थियो ।

























