एनपीएल: मार्क वाटको विष्फोटक शतकले कर्णाली याक्सलाई पहिलो जित

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ६, शनिबार १५:०२

काठमाडौं । मार्क वाटको विष्फोटक ब्याटिङमा शतकीय इनिङ्सको मद्दतले कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पहिलो जित दर्ता गरेको छ। कर्णालीले लुम्बिनी लायन्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । लुम्बिनी लायन्सले दिएको १५७ रनको लक्ष्य कर्णालीले मात्र १२.२ ओभरमा १ विकेट गुमाएर सहजै पूरा गर्‍यो ।

वाटको ब्याटबाट छक्काको वर्षा

कर्णालीको जितमा ओपनर मार्क वाटले अविजित रहँदै ११४ रनको विष्फोटक शतक बनाए । उनले मात्र ४४ बलको सामना गर्दै ६ चौका र १२ छक्का प्रहार गरे, जसमध्ये बाउन्ड्रीबाट मात्रै ९६ रन जोडेका थिए ।

ओपनिङमा आएका वाटले पहिलो विकेटका लागि प्रियांक पान्चलसँग ३.५ ओभरमा ३८ रनको साझेदारी गर्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। पहिलो खेलमा ९० रन बनाएका पान्चल आज १२ रनमा आउट भए ।

त्यसपछि विलियम बोसिस्टोसँग मिलेर वाटले अर्को उत्कृष्ट शतकीय साझेदारी गर्दै टोलीलाई जितसम्म डोर्‍याए । बोसिस्टोले २० बलमा अविजित २९ रनको योगदान गरे। बलिङमा लुम्बिनीका शेर मल्लले मात्र १ विकेट लिए ।

लुम्बिनीको सामान्य योगफल

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो । लुम्बिनीका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४९ रन जोडे पनि अर्धशतक बनाउन चुके। उनले ४३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरेपछि कर्णालीका कप्तान सोमपाल कामीबाट आउट भए ।

पुछारमा रुबेन ट्रम्पलम्यानले लेट केमियो खेल्दै १३ बलमा १ चौका र ३ छक्काको मद्दतले अविजित २८ रनको योगदान गरे । यस्तै, जेजे स्मिथले २३ र डार्शी सटले १९ रन जोडेका थिए । कर्णालीका लागि पहिलो १० ओभरमा नन्दन यादवले २ तथा सोमपाल कामी, गुल्सन झा, मार्क वाट, युवराज खत्री र विपिन प्रसाद शर्माले १-१ विकेट लिए ।

आजै हुने दोस्रो खेल विराटनगर किंग्स र काठमाडौं गुर्खाजबीचको खेल केही समयमा सुरु हुँदैछ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.