महिला कबड्डी विश्वकप: इरानसँग पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियो

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ६, शनिबार १६:३१

काठमाडौं । नेपाल महिला कबड्डी टोली बङ्गलादेशको मिरपुरमा जारी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। समूह ‘बी’ अन्तर्गत शनिबार भएको निर्णायक खेलमा इरानसँग फराकिलो अन्तरले पराजित भएपछि नेपाल मेडलको दौडबाट बाहिरिएको हो ।

राउन्ड रोबिन शैलीमा सञ्चालित समूह चरणमा नेपालले खेलेका पाँच खेलमध्ये तीन खेलमा मात्र जित हासिल गर्न सक्यो । शनिबार भएको खेल सेमिफाइनल प्रवेशका लागि नेपालका लागि महत्त्वपूर्ण थियो । तर, नेपाललाई ३९-११ को फराकिलो अन्तरले हराउँदै इरान समूहमा दोस्रो स्थान हासिल गरी अन्तिम चारमा पुगेको छ ।

इरानले खेलमा सुरुदेखि नै पूर्ण प्रभुत्व जमाएको थियो। खेल सुरु भएको पाँच मिनेटभित्रै इरानले नेपाललाई ‘अलआउट’ गराएको थियो । प्रारम्भमै १४-१ को अग्रता बनाएको इरानले पहिलो हाफको समाप्तिसम्म २४-३ को सानदार अग्रता कायम गरेको थियो । दोस्रो हाफमा नेपालले रणनीतिक परिवर्तन गरी अंक जोड्ने प्रयास गरे पनि अपेक्षित सफलता हात पार्न सकेन र अन्ततः ३९-११ ले पराजित भयो ।

नेपाल समूहमा चाइनिज ताइपेई र इरानसँग पराजित भएको थियो। यद्यपि, नेपालले जन्जिबार, केन्या र पोल्यान्डलाई भने विशाल अन्तरले पराजित गरेको थियो । यता, समूह ‘ए’ बाट भने भारत र आयोजक बङ्गलादेशले विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । नेपाली टोली अब मंगलबार स्वदेश फर्किने तालिका रहेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.