‘कोशी एक्सिलेन्स अवार्ड’ को तयारी सुरु

Share this
649shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ७, आइतबार १७:११
‘कोशी एक्सिलेंस अवार्ड’ को तयारी सुरु

इटहरी । इटहरीमा आयोजना हुने ‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ को तयारी सुरु भएको छ । नयन मिडिया फाउन्डेसनले आगामी फागुन ७ गते विभिन्न विधामा उल्लेखनीय कार्य गरेका व्यक्तिलाई अवार्ड प्रदान गर्ने फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अवार्डको तयारी औपचारिक रूपमा सुरु भएको छ । कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गर्ने विज्ञप्तिमा भनिएको छ ।

फाउन्डेसनका अध्यक्ष अधिकारीका अनुसार विगत वर्षभन्दा यस वर्ष अवार्डलाई केही फरक ढंगबाट प्रस्तुत गरिएको छ । अध्यक्ष अधिकारीले भने, ‘हामीले अवार्डको संरचना, विधा विस्तार, निर्णायक छनोट प्रक्रिया र समग्र व्यवस्थापनलाई अझ बढी व्यवस्थित, पारदर्शी र मर्यादित बनाएका छौँ । यो अब कोशीको मात्र नभई नेपालकै प्रतिष्ठित अवार्ड बन्ने छ ।’

शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी, इन्स्योरेन्सलगायत दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिँदै आएको थियो ।

तर, यस वर्षदेखि विगतमा प्रदान गर्दै आएको अवार्डमा अटोमोबाइल, संगीत र क्यापिटल मार्केट नामका ३ विधा थपिएको अधिकारीले बताए । अवार्डलाई थप विश्वासिलो, मर्यादित र राष्ट्रिय स्तरको बनाउने उद्देश्यले उच्च स्तरीय निर्णायक समिति गठन गरिएको छ ।

संविधानसभा सदस्य पवन सारडाको संयोजकत्वमा ४ सदस्यीय निर्णायक मण्डल गठन गरिएको भने प्रमुख सल्लाहकारमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी रहेको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.