
काठमाडौं । काठमाडौं गुर्खाजले टस हार्दै पहिलो ब्याटिङ थालेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत मंगलबारको ११ औं खेलमा लुम्बिनी लायन्सले टस जितेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ (बलिङ) गर्ने निर्णय गरेका हुन् । यो निर्णयसँगै काठमाडौंले ब्याटिङ सुरु गरेको छ ।
अंक तालिकाको तेस्रो स्थानमा रहेको काठमाडौं र चौथो स्थानमा रहेको लुम्बिनीबीचको यो खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
जारी लिगमा दुवै टोलीले समान २–२ अंक जोडेका छन् । काठमाडौंको चौथो खेल हो भने लुम्बिनीले तेस्रो खेल हो । दुवै टोली आजको खेल जित्दै प्लेअफको यात्रा बलियो बनाउने दाउमा छन् ।

























