नेपालको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब नाघ्यो, जीडीपीको ४४.६९ प्रतिशत

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १०, बुधबार १०:४९

काठमाडौं । नेपाल सरकारले तिर्न बाँकी रहेको सार्वजनिक ऋण गत कात्तिक महिनासम्ममा २७ खर्ब २९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४४.६९ प्रतिशत हुन आउँछ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्म आइपुग्दा तिर्न बाँकी सार्वजनिक ऋण ५५ अर्ब ३६ करोड रुपैयाँले थपिएको हो।

कुल ऋणमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा आन्तरिक ऋण: १२ खर्ब ७५ अर्ब ९६ करोड रुपैयाँ (जीडीपीको २०.८९ प्रतिशत)। बाह्य ऋण: १४ खर्ब ५३ अर्ब ४५ करोड रुपैयाँ (जीडीपीको २३.८० प्रतिशत) छ। यसरी हेर्दा, कुल ऋणको ठूलो हिस्सा बाह्य स्रोतबाट रहेको स्पष्ट हुन्छ।

यो अवधिमा सरकारले १ खर्ब ३८ अर्ब ७५ करोड रुपैयाँ नयाँ ऋण प्राप्त गर्‍यो। यसको तुलनामा, सरकारले १ खर्ब ५० अर्ब ८८ करोड रुपैयाँ ऋण भुक्तानी गरेको छ। यसमा १ खर्ब २७ अर्ब ६१ करोड साँवा र २३ अर्ब २७ करोड रुपैयाँ ब्याज खर्च भएको छ। यस अवधिमा सरकारले वार्षिक लक्ष्यको तुलनामा आन्तरिक ऋण राम्रो (१ खर्ब २० अर्ब) उठाए पनि बाह्य ऋण भने निकै कम (१८ अर्ब ७५ करोड) मात्र संकलन गरेको प्रतिवेदनमा उल्लेख छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.