
काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४७ हजार ९ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार थप बढेर तोलामा २ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४२ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
यसैबिच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ३ हजार २ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ३ हजार २ सय २० रुपैयाँ कायम भएको हो ।

























