उखुको रकम भुक्तानी नगरे आन्दोलनमा उत्रने किसानको चेतावनी

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १०, बुधबार १०:५९

विराटनगर । नेपाल उखु उत्पादक महासंघले सरकारलाई आफ्ना मागहरू पूरा गर्न अल्टिमेटम दिएको छ। समयमै उखुको न्यूनतम् समर्थन मूल्य नतोकिएको र आर्थिक वर्ष २०८१/८२ को बाँकी अनुदान रकम भुक्तानी नभएको भन्दै महासंघले मंसिर १३ गतेभित्र माग पूरा गर्न समयसीमा दिएको हो।

महासंघका प्रवक्ता उमेश चन्द्र यादवका अनुसार, कृषि मन्त्रालय, उद्योगी र किसानबीच पटक–पटक भएको वार्ताबाट सहमति जुट्न नसकेपछि यो कडा निर्णय लिनुपरेको हो। किसानले चालु आर्थिक वर्षका लागि प्रति क्विन्टल सात सय ५० रुपैयाँ मूल्य तोक्नुपर्ने माग राखेका छन्। त्यस्तै, अघिल्लो वर्ष सरकारले दिने भनेको प्रति क्विन्टल ७० रुपैयाँ अनुदानमध्ये बाँकी रहेको ३५ रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्ने किसानहरूको अडान छ।

यदि मंसिर १३ गतेभित्र माग पूरा नभए महासंघले १४ गतेदेखि आन्दोलन थाल्ने चेतावनी दिएको छ। आन्दोलनको पहिलो चरणमा १४ गते सलार्हीको हरिवनमा एक घण्टा राजमार्ग बन्द गरिनेछ भने १५ गतेबाट अनिश्चितकालीन राजमार्ग बन्द सहित देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ।

सरकारको ढिलासुस्तीका कारण किसानले पुरानो मूल्य र उधारोमा उखु बिक्री गर्न बाध्य हुनुपरेको गुनासो उखु उत्पादक महासंघको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.