आम्दानी घट्दा कोशीको ढुकुटी रित्तिँदै

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ११, बिहीबार १०:१२

विराटनगर । जेनजी आन्दोलन र आर्थिक मन्दीको दोहोरो मारमा परेको कोशी प्रदेश सरकारको ढुकुटी चालु आर्थिक वर्षको पहिलो चार महिनामै ठूलो असर देखिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको तथ्याङ्कले आन्तरिक आयस्रोत चर्को संकुचन मा गएको र विकास निर्माणमा हुने खर्च अत्यन्तै सुस्त बनेको खुलासा गरेको छ ।

प्रदेश सरकारको आफ्नै आन्तरिक राजस्व संकलनमा गत वर्षको तुलनामा ३४.६ प्रतिशतको डरलाग्दो गिरावट आएको छ । गत वर्ष १ अर्ब ११ करोड संकलन भएकोमा यस वर्ष घटेर ७२ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ । यो वार्षिक लक्ष्यको १३.२ प्रतिशत मात्र हो ।

आम्दानी घट्नुमा विभिन्न कारण छन् । जेनजी आन्दोलनका क्रममा यातायात कार्यालयमा भएको आगजनी र तोडफोडका कारण सेवा प्रभावित हुँदा सवारी करमा २४.९ प्रतिशतले गिरावट आएको छ ।

आर्थिक मन्दीले घरजग्गा रजिस्ट्रेसन दस्तुरमा १७ प्रतिशतको कमी ल्याएको छ । यसबाहेक, कृषि, वन र बेरुजु असुली जस्ता साना क्षेत्रको आम्दानी त झन्डै ९० प्रतिशतभन्दा बढी ले खुम्चिएको छ ।

आम्दानी घटेको मात्र होइन, प्रदेश सरकारसँग भएको बजेट खर्च गर्ने क्षमता पनि खस्केको देखिएको छ । पहिलो चार महिनामा कुल विनियोजित बजेटको जम्मा ९.२ प्रतिशत मात्र खर्च भएको छ। गत वर्ष यो खर्च १३.७ प्रतिशत थियो ।

पुँजीगत (विकास) खर्चको अवस्था झनै नाजुक छ, जम्मा ५ प्रतिशत मा सीमित भएको छ । यसले प्रदेशका विकास आयोजनाहरू समयमा सम्पन्न हुनेमा गम्भीर शंका उब्जाएको छ ।

कोशी प्रदेशको अर्थतन्त्र जेनजी आन्दोलन र मन्दीको कारण गहिरो समस्यामा परेको छ । एकातिर आन्तरिक आम्दानीका स्रोतहरू सुकेका छन् भने अर्कोतिर विकास खर्च गर्ने क्षमता इतिहासकै कमजोर देखिएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.