
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ४ सय रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ४८ हजार ४ सय कायम भएको छ।
यसअघि बुधबार ९०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ४८ हजार ४०० पुगेको थियो ।
महासंघका अनुसार चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रतितोला ३ हजार २८० कायम भएको छ । बुधबार एक तोला चाँदीको मूल्य ३ हजार २२० रुपैयाँ कायम भएको थियो।

























