
विराटनगर । नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको छ । बिहीबार साविक बिजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै पोखराले पहिलो जित दर्ता गरेको हो ।
बिहीबार भएको दोस्रो खेलमा पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुर १३० रनमा अलआउट भयो । जनकपुरको यो लगातार तेस्रो हार हो ।
सुरुवाती दुई खेलमा पराजित पोखराले साविक विजेता जनकपुरलाई २५ रनले पराजित गर्दै २ अंक जोडेको हो । पोखरा र जनकपुर दुवैले यसअघि दुवै खेलमा हार व्यहोरेको थियो । दुवै टोली पहिलो जितको खोजीमा थिए ।

























