जेन-जी आन्दोलनको क्षतिपूर्ति: ४ अर्ब २ करोड भुक्तानी

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १२, शुक्रबार ११:०७

काठमाडौं। हालैको जेन-जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिका लागि निर्जीवन बीमा कम्पनीहरूमा कूल ३ हजार २५५ वटा बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले दिएको जानकारीअनुसार कूल २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ दाबी रकममध्ये हालसम्म अग्रिम भुक्तानीसमेत गरी करिब ४ अर्ब २ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी भइसकेको छ।

प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, सबैभन्दा ठूलो भुक्तानी सम्पत्ति बीमातर्फ भएको छ। सम्पत्ति बीमातर्फ ६९५ वटा दाबीको करिब १९ अर्ब ३ करोड ४१ लाख दाबी रकममध्ये करिब ३ अर्ब ९ करोड ४७ लाख भुक्तानी भएको छ। यसैगरी, मोटर बीमातर्फ २ हजार २९५ वटा दाबी परेका थिए, जसको दाबी रकम करिब ३ अर्ब ४४ करोड १० लाखमध्ये करिब ८४ करोड ८५ लाख अग्रिम भुक्तानीसहित भुक्तानी भएको छ।

इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको करिब ५५ करोड ४ लाख दाबी रकममध्ये करिब ६ करोड ६९ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको करिब १ करोड ६९ लाख दाबी रकममध्ये करिब ४८ लाख र अन्य बीमातर्फ ४४ वटा दाबीको करिब रू. ३९ करोड १८ लाख दाबी रकममध्ये करिब ३९ लाख अग्रिम भुक्तानीसमेत गरी बीमितहरूले प्राप्त गरेका छन्।

जेन-जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई अग्रिम भुक्तानीसहित करिब २ अर्ब ५१ करोड ७९ लाख दाबी भुक्तानी गरेको छ। नेपाल पुनर्बीमा कम्पनीमा परेको कूल २ हजार ८६० वटा पुनर्बीमा दाबीको दाबी रकम करिब १५ अर्ब ८१ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको प्राधिकरणले जनाएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.