
काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) अन्तर्गत शुक्रबार (आज) को पहिलो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाज भिड्दै छन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ । कुशल मल्लको कप्तानीमा रहेको चितवन ३ खेलबाट ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।
आजको खेल जितेर चितवन ‘प्लेअफ’ को आफ्नो बाटो फराकिलो बनाउन चाहन्छ ।
करण केसीको नेतृत्वमा रहेको काठमाडौंले भने ४ मध्ये २ खेलमा जित निकालेको छ । आजको खेल नजिते काठमाडौंलाई ‘प्लेअफ’ पुग्न कठिन हुने देखिन्छ ।
यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रने छन् ।

























