
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले कर्णाली याक्समाथि राेमाञ्चक जित निकालेकाे छ । कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले १ बल बाँकी हुँदा ७ विकेटको क्षतिमा भेट्टायो । याे विराटनगरकाे चाैथाे जित हाे ।
विराटनगरका लागि बसिर अहमदले आक्रामक ब्याटिङ गर्दै अविजित ६२ रन जोडे ।
अन्तिम दुई बलमा चार रन चाहिएको स्थितिमा विराटनगरका बसिर अहमदले कर्णालीका नन्दन यादवलाई छक्का प्रहार गर्दै टोलीलाई जिताए । अहमदले जोडेको नटआउट ६२ रन विराटनगरको जितमा महत्वपूर्ण सावित भयो ।
विराटनगरले पाँच खेल खेलिसकेको छ। चार खेल खेलेको कर्णाली भने तीन खेलमा पराजित भइसकेको छ ।

























