नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १३, शनिबार १४:४५

काठमाडौँ । नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । ओपनिङ बलरद्वय नितेशकुमार पटेल र चन्दन रामले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नेपालले यूएईमा भइरहेको प्रतियोगितामा शनिबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्‍यो ।

नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको मलेसिया अजमान स्थित सेभेन ड्रिस्ट्रिक ग्राउन्ड २ मा केवल १७.२ ओभर खेली ५१ रनमा धराशायी भएको थियो । नितेशले ८ ओभरमा २ मेडन राख्दै २४ र चन्दनले ५ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ३ विकेट लिए । अपराजित पौडेल कप्तान अशोक धामी र रोशन विश्वकर्माले १–१ विकेट लिए ।

मलेसियाबाट नवौं नम्बरमा ब्याटिङ गरेका मोहम्मद फाथुल मुइनले ११ र हम्जाह पांगीले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । मलेसिया आठौँ ओभरमा १३ रन बनाउँदा ७ विकेट गुमाईसकेको अवस्थामा यी दुईले इनिङ्सलाई केही लम्बाएका थिए ।

निरजकुमार यादव ४ रनमा आउट भए पनि नेपालले ८ ओभर भित्रै ५५ रन बनाए । वंश क्षेत्री १७ बलमा ७ र निश्चल क्षेत्री १४ बलमा १० रन बनाई अविजित रहे । साउदी अरेबिया र हङकङलाई पराजित गर्दै नेपाल समूह विजेता भएर सेमिफाइनल पुगेको थियो । शनिबार नै भइरहेको यूएई र ओमानबीचको अर्को सेमिफाइनलको विजेतासँग नेपालले फाइनल खेल्ने छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.