पोखरालाई हराउँदै लुम्बिनीको दोस्रो जित

Share this
643shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १३, शनिबार १५:३१

काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पारेको छ । शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको हो । यो जितपछि लुम्बिनीले लगातार तीन हारको शृङ्खला ब्रेक गरेको छ र राहत मिलेको छ । पाँच खेलबाट ४ अंक जोडेको लुम्बिनी अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ ।

पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो । जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक हुँदा सन्दीप जोराले २ चौका प्रहार गर्दै लुम्बिनीलाई जित दिलाए । लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाए । यस्तै यसै खेलबाट एनपीएलमा डेब्यु गरेका श्रीलंकन ब्याटर निरोशन डिकवेलाले ३७ रन योगदान गरे । सन्दीप जोराले अविजित २५ रन बनाए ।

बलिङमा पोखराका विपिन खत्री, म्याट टेलर र सागरढकालले समान दुई/दुई विकेट लिए । यसअघि ब्याटिङ गरेको पोखराले विकेटकिपर ब्याटर एडम रोसिङगटन र जीमी नीशमले अर्धशतकमा १५० रन बनाएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले कमजोर सुरुवात गरेपनि रोसिङ्गटन र जिमी नीशमले उत्कृष्ट साझेदारी गरेपछि ५ विकेट गुमाएर १५० रन पुर्‍याएको थियो । ओपनर रोसिङ्गटनले ६३ बल खेल्दै ७ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ८१ रन बनाए । यस्तै नीशमले उत्कृष्ट ब्याटिङ गर्दै ३२ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै अविजित ५१ रन बनाए । रोसिङ्गटन र नीशमले पाँचौ विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई/दुई तथा गुलबादिन नइबले एक विकेट लिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.