
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोजबीच खेल हुनेछ ।
दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुनेछन् ।
लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले प्लेअफको दौड कायम राख्न चाहन्छ ।
चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ ।
पोखरा र कर्णाली दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्वपूर्ण छ ।
चार खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ । कर्णालीका लागि भने यो खेल ‘गर या मर’को अवस्थामा छ ।
मंसिर १ गतेदेखि सुरु प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन् । अपराजित सुदूरपश्चिम रोयल्स दश अंक जोडेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।



















