
काठमाडौँ । आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले यो प्रभाव परेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बुधबार) १तोला सुनको मूल्य दुई लाख ५४ हजार १०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मोल ११० ले बढेर तोलामा ३ हजार ६५५ निर्धारण भएको छ ।
मङ्गलबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने १ तोला चाँदी ३ हजार ५४५ मा कारोबार भएको थियो ।

























