
काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) बुधबार (आज) को खेलमा लुम्बिनीले टस जितेर पहिलो बलिङ गर्ने निर्णय लिएको छ ।
टस जितेर लुम्बिनी बलिङ रोज्दै पहिलो ब्याटिङको मौका विराटनगर किंग्सलाई दिएको छ । विराटनगरबाट दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु प्लेसिस खेल्दै छन्। यो सिजन एनपीएल खेल्ने उनी हाई प्रोफाइल खेलाडी हुन् ।
विराटनगर र लुम्बिनी दुवै टोलीको छैटौं खेल हो । ४ जित र १ हार सहित ८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ। आज जिते विराटनगर प्ले अफमा पुग्नेछ।
यता लुम्बिनीलाई भने जित निकै महत्वपूर्ण छ । खेलमा ३ हार र २ जितले मात्र ४ अंक बनाएको छ। हारले भने लुम्बिनीको प्ले अफ यात्रा निकै कठिन बन्ने छ। यदि आज जित निकाले लुम्बिनीको प्ले अफ यात्रा केही सहज बन्ने छ।

























