विराटनगरलाई हराउँदै लुम्बिनी अंक तालिकाको चौथो स्थानमा उक्लियो

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १७, बुधबार १९:३९
विराटनगरलाई हराउँदै लुम्बिनी अंक तालिकाको चौथो स्थानमा उक्लियो

काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) को बुधबारको खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई पराजित गरेको छ ।

तेस्रो स्थानमा रहेको विराटनगरलाई ५ विकेटले हराउँदै लुम्बिनीले  चौथो स्थानमा उक्लिँदै प्लेअफमा पुग्ने सम्भावना पनि जीवित राखेको छ ।

लुम्बिनीको जितमा ब्याटिङतर्फ डार्सी सर्ट नायक रहँदा बलिङमा शेर मल्लले उत्कृष्ट प्रदर्शन गरे । १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीका लागि डार्सीले ५७ रनको योगदान दिए । यस्तै, निरोशन डिक्वालाले २९, सन्दीप जोराले २४ र दिलीप नाथले १६ रनको योगदान दिए ।  जसको मद्दतले १७ ओभर ४ बलमै ५ विकेट गुमाएर लुम्बिनीले लक्ष्य पूरा गर्‍यो ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र सुवास भण्डारीले २–२ विकेट लिँदा बसिर अहमदले १ विकेट लिए ।

यसअघि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितले विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । जसमा विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन जोडेको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.