
काठमाडौं । सुनचाँदीको मूल्यमा आज (बिहीबार) केही कमी आएको छ । बुधबारको तुलनामा मूल्यमा कमी देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मोल तीन हजार ६२५ रुपैयाँ निर्धारण भएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ५४ हजार १ सय रुपैयाँ निर्धारण भएको थियो भने १ तोला चाँदी ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।

























