नेपालमा अब ठूला दरका भारतीय नोट चल्ने, २५ हजारसम्म बोक्न पाइने

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १८, बिहीबार १३:५१

काठमाडौँ । भारतले नेपालमा ठूला दरका भारतीय नोटहरूको कारोबारका लागि अनुमति दिएको छ। भारतीय रिजर्भ बैंकले भारतको केन्द्रीय राजपत्रमा सूचना प्रकाशित गर्दै रु १०० भन्दा ठूला दरका नोटहरूको कारोबारमा रहेको प्रतिबन्ध हटाएको हो।

सन् २०१६ मा भारतमा नोटबन्दी भएपछि नेपालमा १०० दरका भारतीय नोटहरूबाहेक अन्य ठूला नोटहरूको कारोबार र सटहीमा रोक लगाइएको थियो। नयाँ सुविधा: केन्द्रीय गजेटमा प्रकाशित सूचनाअनुसार, नेपाल वा भुटानबाट भारत यात्रा गर्ने व्यक्तिले रु १०० भन्दा माथिका दरका नोटहरू कुल २५ हजार भारतीय रुपैयाँसम्मको सीमामा साथमा बोक्न पाउनेछन्।

अब भारतमा चलनचल्तीमा रहेका ५००,२००० लगायत सबै प्रकारका नोटहरू नेपालमा पनि चलाउन पाउने अनुमति प्राप्त भएको छ। यद्यपि, भारतीय पर्यटकले नेपाल आउँदा साथमा बोक्न पाउने २५ हजार भारतीय रुपैयाँ (भारु) सम्मको सीमालाई भने यथावत् नै राखिएको छ।

ठूला नोटहरू बोक्न पाउने भएपछि दुई देशबीचको भुक्तानी तथा कारोबार सहज हुने अपेक्षा गरिएको छ। नेपाली भारतमा काम गरेर फर्किने नेपालीहरूलाई पनि अब ठूला दरका नोटहरू ल्याउन र नेपालमा आएर साट्न सकिने बाटो खुला भएको छ।

केही समयअघि भारतीय रिजर्भ बैंकले नेपाली व्यवसायीहरूलाई भारतीय बैंकमार्फत् ऋण दिने बाटो खुला गरेको थियो। आफ्नो मुद्राको प्रभाव बढाउन भारतले अहिले यो अर्को महत्त्वपूर्ण कदम लिएको हो। पाकिस्तान र बङ्गलादेशका नागरिकले भने नेपाल आउँदा यो दरका (१०० भन्दा ठूला) नोट लिएर आउन पाउँदैनन्।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.