
काठमाडौँ । सुनचाँदीको मूल्यमा आज (शुक्रबार) केही कमी आएको छ । बिहीबारको तुलनामा यी दुवै धातुको मूल्यमा कमी आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ । चाँदीको ३ हजार ५५५ निर्धारण भएको छ ।
यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ६२५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४० र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

























