नेपाली चियाको निर्यात उच्च, ‘अर्गानिक’ को माग बढ्दो

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १९, शुक्रबार १४:३६

विराटनगर । छिमेकी मुलुक भारतमा चिया उत्पादनमा आएको ठूलो गिरावटको फाइदा उठाउँदै नेपाली चियाको निर्यात उल्लेख्य मात्रामा बढेको छ । पछिल्लो समय चिया उत्पादनमा आएको सुधार र विश्व बजारमा अर्गानिक चियाको माग बढ्दा नेपाली अर्थोडक्स चियाले निर्यातमा उत्साहजनक अवस्था देखिएको छ ।

भारतीय चिया उत्पादन हुने मुख्य क्षेत्र पश्चिम बंगाल र आसाममा मौसम परिवर्तनका कारण उत्पादनमा भारी गिरावट आएको छ । ‘वर्ल्ड टी न्युज’ का अनुसार, भारतीय उत्पादनमा ३० प्रतिशतभन्दा बढी गिरावट आउँदा नेपाली चियाको माग र मूल्य दुवै बढेको छ ।

भारतीय बजारमा उत्पादन कम भएपछि नेपाली चियाको मूल्य र माग दुवै बढेको इलामको सूर्योदय नगरका उद्यमी महेश शर्माको भनाइ छ । एक तथ्याङ्क अनुसार, उत्पादन घटेपछि नेपाली चियाको निकासी गत वर्षको तुलनामा ५२ प्रतिशतसम्मले वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा मात्रै तीन अर्ब ८६ करोड रुपैयाँभन्दा बढी मूल्यको चिया निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४०.५ प्रतिशतले बढी हो । विशेषगरी पूर्वी पहाडी जिल्लाहरू इलाम, झापा, धनकुटा, तेह्रथुम, पाँचथरमा व्यावसायिक चिया खेती हुँदै आएको छ ।

नेपालको निर्यातजन्य चिया मुख्यतः अर्थोडक्स चिया हो, जसको करिब ९५ प्रतिशत विदेश निर्यात हुने गरेको छ । गुणस्तरमा ध्यान दि ने हो भने समुद्रपारका मुलुकमा चिया निर्यात अझ बढ्ने उद्यमी दिनेश चौधरी बताउँछन् ।

आर्थिक वर्ष २०७९–८० मा ७८ लाख ३८ हजार ९४६ केजी प्रशोधित अर्थोडक्स चिया उत्पादन भएको थियो । अमेरिका, नेदरल्याण्डस्, जर्मनी र जापानलगायतका तेस्रो मुलुकमा उच्च गुणस्तरको अर्गानिक प्रमाणित नेपाली चियाको माग राम्रो रहेको उद्यमीहरू बताउँछन् । यसले गर्दा किसानलाई दिने हरियो पत्तीको मूल्य पनि बढेको छ ।

उत्पादन र निकासी उत्साहजनक देखिए पनि नेपाली चियाले केही गम्भीर चुनौतीहरूको सामना गर्नु परिरहेको छ । नेपाली चियाको ठूलो हिस्सा (विशेषगरी सीटीसी चिया) भारतीय बजारमा निर्भर रहँदा भारतीय व्यापारीको नियन्त्रण कायम छ । यसले गर्दा नेपाली उत्पादनले उचित मूल्य नपाउने गुनासो यथावत् छ ।

नेपाली सीटीसी चियालाई भारतीय व्यापारीले दार्जिलिङ ब्रान्डमा मिसाएर निर्यात गर्ने गरेकाले नेपाली चियाको आफ्नै पहिचान खोसिएको गुनासो नेपाली उद्यमीहरुले गर्दै आएका छन् । अर्गानिक चिया उत्पादनको लागत महँगो हुने भए पनि यसको प्रमाणीकरण र प्रवर्द्धनमा सरकारले पर्याप्त सहयोग नगरेको किसानहरूको गुनासो छ ।

नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा दिगो रूपमा स्थापित गर्नका लागि नेपाल टी क्वालिटी फ्रम द हिमालयाज जस्ता ट्रेडमार्कको प्रवर्द्धन गर्न र गुणस्तरमा सुधार गरी भारतीय बजारको एकाधिकार तोड्न सरकार र उद्यमी दुवैको सक्रियता अपरिहार्य रहेको देखिन्छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.