झापामा भलिबल प्रशिक्षक राई सम्मानित 

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २०, शनिबार १७:५५
झापामा भलिबल प्रशिक्षक राई सम्मानित 

झापा । न्यु डायमन्ड क्लबका प्रशिक्षक तथा प्रिन्सिपल कुमार राई झापामा सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताका अवसरमा राईलाई सम्मान गरिएको हो ।

बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरूले उनलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान गरिएको हो ।

राईलाई वीरबहादुर राई, नारायण राई, सन्तोष राई र कलाकार विल्सनविक्रम राईले एकमुष्ट ५१ हजार रुपैयाँ प्रदान गरे । त्यस्तै, आदर्श स्कुल अफ म्यानेजमेन्टले १७ हजार ५ सय रुपैयाँ, झापा गोल्डकपका अध्यक्ष केदार गिरीले १५ हजार रुपैयाँ प्रदान गरे ।

त्यस्तै, अर्जुनधारा नगर खेलकुद विकास समितिले ११ हजार रुपैयाँ, बिर्तामोड भलिबल प्रशिक्षण केन्द्रले ७ हजार ५ सय र सेवारो क्याफेले ५ हजार रुपैयाँ प्रदान गरे ।

राईले कुल १ लाख ७ हजार रुपैयाँ पाएका थिए । उनलाई  ढाका टोपी तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रशिक्षक राईले विगत १९ वर्षदेखि चन्द्रागिरी नैकापमा रहेको न्यु डायमन्ड एकेडेमीलाई निरन्तर प्रशिक्षण दिइरहेका छन् । डायमन्ड विभागीय टोलीलाई चुनौती दिने एक्लो सिभिल टोली हो । उनकै प्रशिक्षणमा डायमन्डले २ दर्जनभन्दा बढी उपाधि जितेको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×