
काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ ।
यसअघि गत शुक्रबार तोलामा २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको थियो । सुनको मूल्य आइतबार साताको पहिलो कारोबार हुँदा २०० रुपैयाँ घटेको हो ।
चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा ३ हजार ५५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ३ हजार ६०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

























