
विराटनगर । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । चाँदीको मूल्य भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ७ सय रूपैयाँले बढेको हो । भाउ बढेसँगै सुन तोलाको २ लाख ५२ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ५२ हजार २ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलाको २० रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोला ३ हजार ५ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य तोलाको ३ हजार ६ सय ५ रूपैयाँ थियो ।

























