
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले १० दिनअघि बढाएको अन्डाको भाउमा फेरि वृद्धि गरेको छ । संघले भोलि मंगलबारदेखि लागू हुने गरी अन्डाको मूल्य प्रतिक्रेट २० रुपैयाँले बढाउने निर्णय गरेको छ।
मूल्य बढेसँगै सबैभन्दा ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ८० रुपैयाँ पुगेको छ। यसअघि १३ मंसिरमा यसको मूल्य ५६० रुपैयाँ थियो। त्यस्तै, ठूलो अन्डाको भाउ बढेर ५ सय ६५ रुपैयाँ पुगेको छ भने मध्यम अन्डाको भाउ ५ सय ५० रुपैयाँ तोकिएको छ।
संघका सचिव मदन पोखरेलका अनुसार बजारमा अन्डाको उत्पादन एकदमै कम भएको र त्यसको तुलनामा माग बढी भएको हुनाले भाउ बढाउनुपरेको हो।

























