सुनचाँदी व्यवसायीलाई विभागको निर्देशन: बेनामी कारोबार र व्यक्तिगत खाता प्रयोगमा रोक

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २३, मंगलबार १०:३२

काठमाडौँ । आन्तरिक राजस्व विभागले सुनचाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरूलाई बेनामी वा काल्पनिक नामबाट कारोबार नगर्न र व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार नगर्न निर्देशन दिएको छ ।

बहुमूल्य धातुको कारोबारमा प्रभावकारी नियमन हुन नसकिरहेका बेला विभागले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा कडाइ गर्दै ‘बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी (सूचक संस्था) का लागि जारी गरेको निर्देशन २०८२’ लागू गरेको हो।

निर्देशनअनुसार, सुनचाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरूले (सूचक संस्था) ले आफ्नो कारोबार गर्दा बैंक तथा वित्तीय संस्थामा रहेको व्यावसायिक संस्थाको खाताबाट मात्र गर्नुपर्नेछ। निर्देशनमा सूचक संस्थाले व्यक्तिगत खाता वा आफ्ना कर्मचारी तथा परिवारका सदस्यको खाता प्रयोग गर्न नपाउने स्पष्ट पारिएको छ।

विभागको निर्देशनमा सूचक संस्थाले एक पटकमा १० लाख रुपैयाँ वा सोभन्दा बढी रकमको बहुमूल्य धातु वा वस्तु बिक्री गर्दा ग्राहक वा निजको परिवारको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट मात्र रकम भुक्तानी लिनुपर्ने व्यवस्था गरिएको छ। विद्युतीय माध्यममार्फत हुने भुक्तानीको सीमाबारे थप व्यवस्था गर्न विभागले नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने जनाएको छ।

व्यवसायीहरूले जोखिमको आधारमा उच्च पदस्थ व्यक्तिहरूको पहिचान गरी उनीहरूको विवरण नियमित रूपमा संकलन र अद्यावधिक गर्दै सुरक्षित राख्नुपर्नेछ। व्यवसायीले कारोबार गर्ने व्यक्ति उच्च पदस्थ व्यक्तिको परिवारका सदस्य वा नजिकको सम्बन्ध भएको वा नभएको पनि यकिन गर्नुपर्ने विभागले जनाएको छ। यदि यी निर्देशनहरू पालना नगरेको भेटिए कानुनअनुसार कारबाही र एक करोड रुपैयाँसम्म जरिवाना हुने व्यवस्था निर्देशनमा उल्लेख छ।

विभागले सूचक संस्थाले सम्पत्ति शुद्धीकरण निवारण ऐनको व्यवस्थाबमोजिम नीति तथा कार्यविधि बनाई ग्राहक पहिचान, कारोबारको विवरण र अस्वाभाविक तथा शंकास्पद कारोबार पहिचान गर्ने आधार र पद्धति बनाउनुपर्ने बताएको छ। यस निर्देशनमा उल्लेख भएका व्यवस्था आम विनाशकारी हतियार निर्माण तथा विस्तारमा वित्तीय लगानीको सन्दर्भमा समेत लागू हुनेछ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.