
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटर खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.१ ओभरमा सबै विकेट गुमाएर १११ रनमा अलआउट भयो ।
काठमान्डुका लागि आठौं नम्बरमा ब्याटिङ गरेका सन्तोष यादवले १७ बलमा १ छक्का मद्दतमा सर्वाधिक २३ रन बनाए । जोन सिम्पसन र आदिल आलमले समान १८ रन बनाए ।
लुम्बिनीका लागि शेर मल्ल र कप्तान रोहित पौडेलले ३–३ विकेट लिए । शेर मल्लले ४ ओभरका २२ रन खर्चेर ३ विकेट लिएका शेर मल्ल सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा उक्लिएका छन् । उनको १३ विकेट पुगेको छ । उनीभन्दा अगाडि सन्दीप लामिछानेको १५ र अविनाश बोहराको १६ विकेट छ । रोहितले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।

























